समाचार

मेस्सीसँग सहकार्य गर्दै पब्जी

काठमाडौं । चर्चित अनलाइन गेम पब्जीको डेभलपर कम्पनी क्राफ्टनले फुटबलर लियोनल मेस्सीसँग सहकार्यको घोषणा गरेको छ । यसको आधिकारिक जानकारी पब्जीले आफ्नो फेसबुक पेजमार्फत दिएको हो ।

यो सहकार्यपछि पब्जी प्लेयरले नोभेम्बरमा फुटबलसँग सम्बन्धित केही इभेन्ट तथा ईन-गेम सामग्रीहरु गेममा देख्न पाउने अपेक्षा लिएका छन् । प्राप्त रिपोर्टहरुलाई आधार मान्ने हो भने डेभलपरले पब्जीको अब आउने अपडेट २.३ मा फुटबलको कार्निभल मोड समावेश गरिसकेका छन् ।

यस सम्झौतापछि मेस्सीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मोबाइलमा लोकप्रिय गेम पब्जीसँगको यो सहकार्य अद्भुत रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *