काठमाडौं । जारी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ ।
अष्ट्रेलियामा जारी खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको हो । भारतले दिएको १३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ दशमलव ४ ओभरमा ५ विकेटका क्षतिमा पुरा गरेको हो ।
दक्षिण अफ्रिकाका लागि डेविड मिलरले नटआउट ५६ रन बनाए । एडिन मारकमले ५२ रन बनाए भने क्विन्टन डि कक १ रनमा आउट भए । टस जितेर पहिला फिल्डिङ रोजेको भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६८ रन बनाए । कप्तान रोहित शर्माले १५ रन बनाएर आउट हुँदा विराट कोहली १२ रनमा आउट भए ।
जीतसँगै दक्षिण अफ्रिका समुह २ को शिर्ष स्थानमा उक्लिएको छ भने भारत दोस्रो स्थानमा झरेको छ ।




