खेलकुद

नेदरल्याण्डसले पाकिस्तानलाई दियो ९२ रनको लक्ष्य

काठमाडौँ । जारी टी-२० विश्वकपमा नेदरल्याण्डसले पाकिस्तानलाई ९२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ९ विकेट गुमाउदै ९१ रन मात्र बनाएको हो ।

नेदरल्याण्डसका लागि कोलिन अकरम्यानले सर्बाधिक २७ रन बनाए भने कप्तान स्कट एडवर्ड्सले १५ रन बनाए । नेदरल्याण्डसका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

नेदरल्याण्डसलाई कम रनमा रोक्ने क्रममा पाकिस्तानका बलर षडाब खानले ३ विकेट लिए भने मोहमद वासिमले २ विकेट लिए । त्यस्तै शाहीन शाह अफ्रिदी, नसीम शाह र हरिस राउफले एक एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *