काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत बंगलादेशले जिम्बाबेलाई १५१ रनको लक्ष्य दिएको छ ।
सुपर १२ अन्तर्गत समुह २ मा रहेको बंगलादेशले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको हो ।
बंगलादेशका लागि नाजमुल हुसैनले सर्बाधिक ७१ रन बनाए भने अफिफ होसैनले २९, कप्तान शकिब अल हसनले २३ र लिटन दासले १४ रन बनाएका थिए ।
त्यस्तै जिम्बाबेका बलर रिचार्ड एन्गाराभा, ब्लेसिंग मुजाराबानीले २-२ विकेट लिए भने सिकन्दर राजा र सीन विलियम्सले एक एक विकेट लिएका थिए ।
१५१ रनको लक्ष्य पाएको जिम्बाबेले अब जवाफी ब्याटिंग गर्दै छ ।




