खेलकुद

ट्रोएसमाथि पिएसजीको जित

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत प्रतिष्पर्धात्मक खेलमा पिएसजीले ट्रोएसलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा पिएसजीले ट्रोएसलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा लियोनेल मेसी, नेइमार, किलीयन एम्बाप्पे र कार्लोस सोलेरले एक एक गोल गरेका थिए ।

पछिल्लो खेलमा अनुपस्थित रहेका नेइमारले यस खेलमा पुनरागमन गर्दै एक गोल र एक गोल असिस्ट समेत गरेका थिए ।

त्यसैगरी ट्रोएसका लागि मामा बालडेले दुई गोल गरेका थिए भने आंटे पालाभेर्साले एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीको १३ खेलमा ३५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै ट्रोएसको १३ खेलमा १३ अंक छ र लिगमा ११औँ स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *