समाचार

बेलायतको प्रधानमन्त्री बन्ने भए ऋषि सुनक

काठमाडौं । बेलायतको प्रधानमन्त्रीमा भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक हुने भएका छन् ।

भारतीय मुलका सुनक सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत चयन भएसँगै बेलायती इतिहासकै पहिलो अश्वेत तथा हिन्दू प्रधानमन्त्री बन्ने भएका हुन्।

भावी प्रधानमन्त्रीको दौडमा रहेका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले आइतबार साँझ आफू प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका थिए ।

अर्की दाबेदार नेतृ पेनी मोर्डन्टले पनि एकसय सांसदको समर्थनको मापदण्ड पूरा गर्न नसकेपछि अन्तिम समयमा दाबेदारी फिर्ता गरेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *