समाचार

इरानी मूलका अमेरिकीले गरे वासिंगटनमा प्रदर्शन

तेहरान। गत महिना महसा अमिनीको मृत्युपछि इरानमा भएको राष्ट्रव्यापी विरोध प्रदर्शनलाई समर्थन गर्न इरानी मूलका हजारौं मानिसहरूले शनिबार वाशिंगटनमा जुलुस निकालेका थिए ।

जब उनीहरू नेशनल मलबाट हिंड्दै गर्दा उनीहरूले “महिला, जीवन, स्वतन्त्रता“ र “इरानका लागि न्याय“ जस्ता नारा लगाएका थिए । हिजाब नियम उल्लंघन गरेको अभियोगमा गत महिना इरानमा हिरासतमा राखिएकी युवती महसा अमिनीको मृत्युपछि त्यसको विरोधमा देशव्यापी प्रदर्शन भएको छ । इरानी महिलाको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै विश्वभर प्रदर्शन भएका छन् । त्यसैको अंशका रुपमा इरानी मूलका अमेरिकीले पनि प्रदर्शन गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *