काठमाडौं । इङलिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले एक-एक गोलको बराबरी खेलेका छन् । गए राति भएको खेलमा युनाइटेड र चेल्सीले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
स्टामफोर्ड ब्रिजमा भएको खेलमा दोश्रो हाफको ८६औं मिनेटमा चेल्सीका लागि जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको अन्तिममा क्यासेमिरोले हेडर गोल गरेपछि युनाइटेड हारबाट जोगियो । समान ११ खेलमा चेल्सी २० अङ्कसहित चौथो र युनाइटेड १९ अङ्कसहित पाँचौं स्थानमा छ ।




