समाचार

भारतद्वारा मध्यम दूरीको क्षेप्यास्त्र ‘अग्नि-प्राइम’को सफल परीक्षण

काठमाडौँ । भारतले मध्यम दूरीको क्षेप्यास्त्रको अग्नि शृंखलाको उन्नत संस्करण ‘अग्नि-प्राइम’ (अग्नि-पी) मिसाइलको सफल परीक्षण गरेको छ ।

अधिकारीहरुका अनुसार शुक्रबार बिहान १०.४५ बजे ओडिशाको तटमा रहेको डा एपीजे अब्दुल कलाम टापुबाट यो ब्यालेस्टिक मिसाइल परीक्षण गरिएको थियो, जुन सफल भएको थियो ।

परीक्षण उडानको क्रममा, मिसाइलले यसको अधिकतम दायरा हासिल गरेको र सबै परीक्षण लक्ष्यहरू हासिल गरेको बताइएको छ ।

अग्नि प्राइम मिसाइलको लगातार तेस्रो सफल परीक्षणबाट यस प्रणालीको शुद्धता र विश्वसनीयता स्थापित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतको डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेसनद्वारा विकसित, दुई चरण र दुई इन्जिन भएको यो मिसाइल लगभग ११ हजार किलोग्राम वजनको छ । यो १.५ देखि ३ टन सम्मको वारहेड बोक्न सक्षम छ । एकै समयमा, यो एक हजारदेखि २ हजार किलोमिटर बीचमा प्रहार गर्न सक्छ ।

यस क्षेप्यास्त्रको विशेषता भनेको यो सडकको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा पनि लैजान सकिन्छ । यसले ठोस इन्धन प्रयोग गर्दछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *