काठमाडौं । बेलायती प्रधानमन्त्रीको चुनाव अक्टोबर २८ सम्ममा हुने भएको छ ।
कन्जरभेटिभ पार्टीको नेताको रूपमा लिज ट्रसले बिहिबार राजीनामा दिएपछि अक्टोबर २८ गते शुक्रबारसम्ममा अर्को निर्वाचन हुने बताइएको छ ।
४५ दिन प्रधानमन्त्रीका रुपमा नेतृत्व लिएकी ट्रसले आफु काम गर्न असमर्थ रहेको भन्दै बिहिबार पदबाट राजीनामा दिएको घोषणा गरेकी थिइन् ।




