समाचार

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

काठमाडौं । दशौं । संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।

गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुदको समापनपूर्व पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो ।

दसौँ राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको छ । बिहीबार पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुद समापनका अवसरमा दसौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि झन्डा हस्तान्तरण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *