काठमाडौँ । जारी टी-२० विश्वकपमा नेदरल्याण्डस ससुपर १२ मा पुगेको छ । विहिबार सम्पन्न दोस्रो खेलमा युएईले नामिबियालाई ६ रनले पराजित गरेपछि यस को फाइदा नेदरल्याण्डसलाई भएको छ ।
युएईले दिएको १४९ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउदै १४१ रन मात्र बनाएपछि युएईले खेल ७ रनले जितेको थियो ।
यस अघि पहिलो ब्याटिंग गर्दै युएईले २० ओभरमा ३ विकेट गुमाउदै १४८ रन बनाएको थियो ।
योसँगै समुह ए बाट श्रीलंका र नेदरल्याण्डस सुपर १२ मा पुगेका छन् ।




