खेलकुद

जितसँगै श्रीलंका टी-२० विश्वकपको सुपर १२ मा

काठमाडौँ । श्रीलंका टी-२० विश्वकपको सुपर १२ मा प्रवेश गरेको छ । विहिबार सम्पन्न खेलमा नेदरल्याण्डसलाई १६ रनले पराजित गर्दै श्रीलंकाले सुपर १२ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

श्रीलंकाले दिएको १६३ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २० ओभरमा ९ विकेट गुमाउदै १४६ रन बनाएको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउदै १६२ रन बनाएको थियो ।

यो जितपछि श्रीलंकाले समुह ए अन्तर्गत ३ खेलमा ४ अंक बटुलेर सुपर १२ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

त्यस्तै नेदरल्याण्डसको पनि ३ खेलमा ४ अंक रहेको छ तर नेदरल्याण्डसको सुपर १२ को यात्रा आजै हुने नामिबिया र युएईबीचको खेलले गर्ने छ । युएईले जितेमा नेदरल्याण्डस सुपर १२ मा जाने छ भने जित हासिल गरेमा नामिबियानै सुपर १२ मा जाने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *