काठमाडौं।सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी शिला चौधरीले नवौँ राष्ट्रिय खेलकुदको महिला ट्रिपल जम्पमा स्वर्ण पदक जितेकी छन्।
बिहीबार बिहान पोखरा रंगशालामा भएको खेलमा उनले ११ दशमलव ०१ मिटर जम्प गर्दै एपिएफलाई स्वर्ण पदक दिलाइन्।
यस्तै, नेपाल पुलिस क्लबकी सीमा चौधरीले १० दशमवल ७६ मिटर जम्प गरेर रजत पदक तथा एपिएफकै रञ्जिता राईले ९ दशमलव ९१ मिटरसहित कास्य पदक जितिन्।




