खेलकुद

२०२३ को एशिया कप खेल्न भारत पाकिस्तान नजाने !

काठमाडौँ । भारत २०२३ को एशिया कप खेल्न पाकिस्तान नजाने भएको छ । एशियन क्रिकेट काउन्सिलका अध्यक्ष तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले २०२३ मा हुने एशिया कप खेल्न भारत पाकिस्तान नजाने स्पष्ट गरेका हुन् ।

क्रिकइन्फोका अनुसार शाहले २०२३ को एशिया कप पाकिस्तान बाहिर न्युट्रल भेन्युमा हुनेपर्ने बताएका छन् ।

विश्व क्रिकेटका दुई ठुला प्रतिद्वन्दी मानिने भारत र पाकिस्तान एसीसी र आइसीसीका प्रतियोगिता बाहेक दुई देशबिचका क्रिकेट प्रतियोगितामा २०१२ देखि खेलेका छैनन् । भारतीय क्रिकेट टिमले अन्तिम पटक २००६ मा पाकिस्तानको भ्रमण गरेको थियो । दुई देश बिचको राजनीतिक सम्बन्ध खराब भएपछि यसको असर क्रिकेटमा प्रत्यक्ष रुपमा देखिदै आएको छ ।

पछिल्लो पटक भारत र पाकिस्तान एशिया कपमा अघिल्लो महिना खेलेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *