समाचार

टी-२० विश्वकप: नेदरल्याण्डसको लगातार दोस्रो जित

काठमाडौँ । टी-२० विश्वकपको जारी पहिलो चरणको खेल अन्तर्गत नेदरल्याण्डसले लगातार दोस्रो जित हासिल गरेको छ ।

समुह ए मा रहेको नेदरल्याण्डसले नामिबियालाई ५ विकेटले पराजति गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

नामिबियाले दिएको १२२ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १९.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउदै १२१ रन बनाएको थियो ।

नेदरल्याण्डसले समुह ए मा यस अघि पहिलो खेलमा युएईलाई पराजित गरेको थियो । लगातार दुई जितसहित नेदरल्याण्डस को समुह ए मा ४ अंक भएको छ र सुपर १२ मा छनौट हुने सम्भावना प्रबल बनाएको छ । पहिलो चरणको अन्तिम खेलको रुपमा अब नेदरल्याण्डसले विहिबार श्रीलंकाको सामना गर्ने छ ।

त्यस्तै आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेर शानदार शुरुवात गरेको नामिबियाले भने दोस्रो खेलमा हार बेहोर्दै २ खेलमा २ अंक बटुलेको छ ।

अब नामिबिया आफ्नो तेस्रो खेल युएईविरुद्ध विहिबार खेल्ने छ ।

समुह ए अन्तर्गत आजै श्रीलंका र युएईबीच खेल हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *