काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मार्सेलीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पिएसजीले मार्सेलीलाई १-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा पहिलो हाफको अन्त्यमा नेइमारले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा खेलको ७२औं मिनेटमा गिगोट सामुएलले रातो कार्ड पाएपछि मार्सेली १० खेलाडीमा सिमित भएको थियो ।
पिएसजीको यो यस सिजनको नवौं जित हो । ११ खेलमा २९ अंक हासिल गरेको पिएसजी लिगमा शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी मार्सेलीको भने ११ खेलमा २३ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।




