काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा खेलको ७६औं मिनेटमा मोहमद सलाहले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
लिभरपुलको यस सिजनमा यो तेस्रो जित हो । ९ खेलमा १३ अंक बटुलेको लिभरपुल लिगमा आठौ स्थानमा उक्लिएको छ । त्यस्तै यस अघि शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई भने यस हारपछि धक्का लागेको छ । सिटीको १० खेलमा २३ अंक छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
सिटीको यस हारको फाइदा आर्सनललाई भएको छ । आर्सनल १० खेलमा २७ अंक सहित शिर्ष स्थानमा छ र सिटीमाथि ४ अंकको स्पष्ट अग्रता हासिल गरेको छ ।




