खेलकुद

साकाको गोलमा आर्सनल विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा आर्सनलले लिड्समाथि १-० गोल अन्तरको जित हासिल गरेको हो ।

आर्सनलको जितमा बुकायो साकाले खेलको ३५औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो आर्सनलको यस सिजनमा १० खेलमा नवौं जित हो । यस खेलपछि आर्सनलको १० खेलमा २७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै लिड्स युनाइटेडको ९ खेलमा ९ अंक रहेको छ र लिगमा १५औ स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *