खेलकुद

फिफाको निलम्बन फुकुवासँगै पाकिस्तानी फुटबल टोली नेपाल आउने

काठमाडौँ ।पाकिस्तानी फुटबल टोली मैत्रीपूर्ण खेलका लागि एक महिनापछि नेपाल आउने भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पकिस्तानी टोलीमाथि गरेको निलम्बन फुकुवा गरेसँगै उक्त टोली मध्य नोभेम्बरमा नेपाल आउने भएको हो ।

यसका लागि उक्त टोलीले पाकिस्तानको लाहोरमा ६ हप्ताको तालिम गरेको छ । पाकिस्तान फुटबल महासंघले बिहीबार यसबारे जानकारी दिएको हो ।

‘पाकिस्तानी टोली मध्य नोभेम्बरमा नेपालसँग प्रतिस्पर्धाका लागि जाने तयारी गरेको कुरा घोषणा गर्न पाउँदा हामी खुसी छौं,’ पाकिस्तान फुटबल महासंघले जनाएको छ । यद्यपि खेलका लागि टोली घोषणा गरिएको छैन । फिफाले पाकिस्तानी टोलीलाई २०२१ को अप्रिलमा निलम्बन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *