खेलकुद

ओमोनोइयामाथि म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

काठमाडौँ । यूइएफए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले साइप्रस को क्लब ओमोनोइयालाई पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड टाफोर्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ओमोनोइयामाथि १-० को संघर्षपूर्ण जित हासिल गरेको हो ।

युनाइटेडको जितमा खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा स्कट म्याकटोमिनीले खेलको एक मात्र गोल गरेका थिए ।

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको यो तेस्रो जित हो । ४ खेलमा ३ जित र एक हारसहित युनाइटेडको समुह इ मा ९ अंक छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै ओमोनोइयाको भने यो लगातार चौथो हार हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *