खेलकुद

लेवानडोस्कीले बार्सिलोनालाई हारबाट बचाए

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न समुह सि अन्तर्गतको खेलमा बार्सिलोना इन्टर मिलानसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

बार्सिलोनालाई रोबेर्ट लेवानडोस्कीले हारबाट बचाएका थिए । ३-२ ले पछि परेको बार्सिलोनालाई लेवानडोस्कीले ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

उनले यस खेलमा २ गोल गरेका थिए भने एक गोल उसमान डेम्बेलेले गरेका थिए ।

त्यस्तै इन्टर मिलानका लागि निकोलो बरेला, लाउतारो मार्टिनज र रोबिन गोसेन्सले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि बार्सिलोना समुह चरणबाट बाहिरिने सम्भावना बढेको छ । बार्सिलोनाको ४ खेलमा एक जित, एक बराबरी र २ हारसहित ४ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै इन्टर मिलानको ४ खेलमा ७ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *