विश्व

बेलायती प्रधानमन्त्री ट्रसद्वारा विवादास्पद कर कटौतीको बचाउ

लन्डन । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बुधबार गत हप्ता घोषणा गरिएको कर कटौतीको वचाउ गरेकी छन् । यद्यपि यसको चारैतिर विवाद देखिएको छ ।

“हामीले हाम्रो अर्थतन्त्र बृद्धि गर्न, बेलायतलाई गतिशील बनाउन र मुद्रास्फीतिसँग सामना गर्न तत्काल कदम चाल्नुपरेको थियो त्यसैले यस्तो विवादास्पद र कठिन निर्णय लिनु पर्यो तर म प्रधानमन्त्रीको रूपमा त्यो गर्न तयार छु,” उनले भनिन् । मिनी-बजेट छलफलपछि उहाँले बीबीसी र रेडियो लीड्स लगायतसँग सो कुरा बताएकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *