समाचार

उत्तर कोरियाद्वारा व्यालेष्टिक मिसाइल परीक्षण

काठमाडौं । उत्तर कोरियाले पूर्वी जल क्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको छ ।

दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)का अनुसार दक्षिण प्योङयान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति ८ः४८ देखि राति ८ः५७ को बीचमा उत्तर कोरियाले प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी जल क्षेत्रमा दुई छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र र आइतबार पूर्वी जल क्षेत्रमा एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । सन् २०२२ मा मात्र उत्तर कोरियाले १९ पटक ब्यालेस्टिक क्षेप्यास्त्र र दुईपटक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *