खेलकुद

नेपाल र बंगलादेश आज मैत्रीपूर्ण खेल खेल्दै, यस्तो छ विगत

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज (मंगलबार) प्रतिष्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुका साढे ५ बजे शुरु हुनेछ ।

नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

यस खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ । एन्फाका महासचिव किरण राईका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ८० वटा टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *