खेलकुद

डेनमार्कसँग फ्रान्स स्तब्ध

काठमाडौँ । यूइएफए नेसन्स लिग अन्तर्गत डेनमार्कलाई फ्रान्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा डेनमार्कले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

डेनमार्कको जितमा कास्पर डोलबर्ग र आन्द्रेज स्कोभ ओल्सेनले एक एक गोल गरेका थिए ।

नेसन्स लिगको समुह १ मा फ्रान्सको यो तेस्रो हार हो । ६ खेलमा केवल एक जित, २ बराबरी र ३ हार बेहोरेको फ्रान्सको ५ अंक छ र समुह मा तेस्रो भएको छ ।

त्यस्तै डेनमार्कको भने ६ खेलमा १२ अंक छ र सामुमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै यसै समुहको अर्को खेलमा क्रोसियाले अस्ट्रियालाई पराजित गरेको छ । क्रोसिया यस समुहमा ६ खेलमा १३ अंक सहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रिया ६ खेलमा ४ अंकसहित पुछारमा रहेको छ ।

यस समुहबाट क्रोसिया नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *