खेलकुद

अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज भारतले जित्यो

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज जितेको छ । आइतबार राति सम्पन्न खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य पछाएको भारतले १९.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै १८६ रन बनाएको थियो ।

योसँगै भारतले टी-२० सिरिज २-१ ले जितेको छ । सिरिजको पहिलो खेल अस्ट्रेलियाले जितेको थियो भने भारतले पछिल्ला दुवै खेल जितेर सिरिजमा कब्जा गरेको छ ।

योसँगै अस्ट्रेलियाको भारत टूर पनि सकिएको छ । भारतले अब दक्षिण अफ्रीकाविरुद्ध ३ खेलको टी-२० सिरिज खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *