काठमाडौं । चिनिया जनमुक्ती सेनाको प्रमुखबाट हटाइएको भनिएका चिनिया राष्ट्र सि जिनपिङ २० औं चिनिया जनकंग्रेसको प्रतिनिधि रहेको पाइएको छ ।
चिनिया सेनाले कू गरेको र सी नजरबन्दमा रहेको अफवाहका बिच उनी चिनिया जनकंग्रेसको प्रतिनिधि रहेको सार्वजनिक गरेको हो । चिनिया सञ्चार माध्यम सिन्ह्वाले सार्वजनिक गरेको सूचीमा सीसहितका २ हजार २ सय ९६ जना प्रतिनिधि रहेका छन् ।
यसअघि भारतीय सञ्चारमाध्यमहरुले सी नजरबन्दमा रहेको दाबीसहितका समाचार प्रकाशन गरेका थिए । अमेरिकामा रहेकी चिनिया मानवअधिकारकर्मी जेनिफर झेङ्गले समेत नजरबन्दमा रहेको हुनसक्ने दाबी गरेकी थिइन् ।




