खेलकुद

मेसीको दुई गोलमा अर्जेन्टिना विजयी

काठमाडौँ । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले होण्डुरसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अर्जेन्टिनाले होण्डुरसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका थिए भने लाउतारो मार्टिनेजले एक गोल गरेका थिए ।

अर्जेन्टिनाले अब अर्को मैत्रीपूर्ण खेल सेप्टेम्बर २८ मा जमैकासँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *