खेलकुद

जर्मनी हंगेरीसँग स्तब्ध

काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी पराजित भएको छ । समूह चरण अन्तर्गत गएराति जर्मनीलाई हंगेरीले १-० गोल अन्तरले हराएको हो ।

हंगेरीलाई जित दिलाउन एडम सजलाईले निर्णायक गोल गरे । खेलको १७ औं मिनेटमा एडमले निर्णायक गोल गरेका थिए । यस जितसँगै हंगेरी समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

लिग ए समूह ३ को हंगेरीले ५ खेलमा १० अंक जोडेको छ । जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *