काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड पराजित भएको छ । समूह चरण अन्तर्गत शुक्रबार राति इंग्ल्यान्डलाई इटालीले १-० गोल अन्तरले हराएको हो ।
इटालीको जितमा जियाकोमा रास्पाडोरीले निर्णायक गोल गरे । उनले खेलको ६८ औं मिनेटमा निर्णायक गोल गरेका हुन्।
यस जितसँगै इटालीले ५ खेलमा ८ अंक जोडेको छ । इटाली लिग ए समूह ३ को दोस्रो स्थानमा रहेको छ । इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा रहेको छ । यस हारसँगै इंग्ल्यान्ड रेलिगेसनमा पर्दै लिग ‘बी’ मा झरेको छ ।




