खेलकुद

मारियालाई दुई खेलको प्रतिबन्ध

काठमाडौँ । एन्जल डी मारियालाई दुई खेलको प्रतिबन्ध लगाइएको छ ।

युभेन्टसको मोन्जाविरुद्धको खेलमा गत आइतबार रातो कार्ड पाएका मारियालाई दुई खेलको प्रतिबन्ध लगाइएको छ ।

दुई खेलमा प्रतिबन्ध लागेपछि अब मारियाले युभेन्टसको अक्टोबर ३ मा हुने बोलोग्ना र अक्टोबर ८ मा हुने एसी मिलानविरुद्धको खेल गुमाउने भएका छन् ।

यसै सिजनको शुरुवातमा पिएसजी छोडेर युभेन्टस पुगेका मारियाले मोन्जाविरुद्धको खेलको ४०औं मिनेटमा सिधै रातो कार्ड पाएका थिए । सो खेल युभेन्टसले १-० ले हारेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *