समाचार

काठमाडौं आउन लागेको जहाज बिचबाटोबाटै धनगढी नै फर्कियो

काठमाडौं । धनगढीबाट काठमाडौ आउन लागेको एक जहाज धनगढी नै फर्किएको छ ।

धनगढीबाट बेलुका ८ बजेतिर काठमाडौंका लागि उडेको जहाज उडेको सवाघण्टापछि धनगढी नै फर्किएको हो । यु ४२५६÷बिएचए २५६ नम्बरको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि बिचबाटै धनगढी फर्केको हो ।

काठमाडौंमा लगातार वर्षा भएपछि भैरहवाबाट काठमाडौं आउन लागेका जहाजले समेत उडान स्थगित गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *