काठमाडौं । भत्तपुरको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्ति गार्मेन्ट व्यवसायी लाल मोहम्मद भनिने मोहम्द दर्जी भएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार सर्लाहीको हरिवन घर भएका दर्जीले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएका थिए ।
कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै सोमबार बेलुकातिर अज्ञात व्यक्तिले चलाएको गोली लागेर घाइते भएका हुन् ।
घाइते दर्जीको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको जनाइएको छ ।




