खेलकुद

नेपालमाथि बंगलादेशले गर्‍यो पहिलो गोल

काठमाडौं । काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा बंगलादेशले नेपालमाथि पहिलो गोल गरेको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १३औं मिनेटमा बंगलादेशकी साम समुमन्नहरले नेपालमाथि गोल गरेकी हुन् ।

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *