समाचार

बैंकिङ कसूरमा फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१ ठेगाना भई हाल ललितपुर महानगरपालिका–१५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्का छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

बैंकिङ कसूर मुद्दामा २० लाख ५० हजार रूपैयाँ विगो ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध महाशाखा मिनभवनबाट  खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी  परिसर टेकु पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *