देश

कपाल काटेको शुल्क बढ्यो, कति तिर्नुपर्ने ?

काठमाडौं । काठमाडौं उपत्यकामा सैलुनको शुल्कमा वृद्धि गरेको छ । नेपाल नाई संघको उपत्यका समितिले सूचना जारी गरेर असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरेको जनाइएको छ ।
विगतका तुलनामा अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्ने भएको छ । यस भन्दा पहिला संघले कपाल काटेको १५० रुपैयाँ कायम गरेको थियो । तर अब दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ बनाएको छ ।

कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँ ताेकेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *