खेलकुद

मेसीको गोलमा पिएसजी विजयी

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लियोनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लियोनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको यस जितमा लियोनेल मेसीले खेलको पाँचौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेइमारको असिस्टमा मेसीले गोल गरेका थिए ।

पिएसजीको यो यस सिजनमा सातौ जित हो । ८ खेलमा ७ जित र एक बराबरी खेलेको पिएसजीको २२ अंक छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै लियोनको भने ८ खेलमा ४ जित, एक बराबरी र ३ हारसहित १३ अंक छ र लिगमा छैटौं स्थानमा झरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *