समाचार

प्रधानमन्त्री र राष्ट्रपतिका बिचमा टकराव

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा राष्ट्रपति कार्यालयमा निम्तो पठाएकी छन् ।

सरकारले प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाएका बेला राष्ट्रपति भण्डारीले भने राणालाई प्रधानन्यायाधीशकै हैसियतमा निम्तो पठाएकी हुन् ।

राष्ट्रपति भण्डारीले राणालाई संविधान दिवसको कार्यक्रममा निम्ता गरेको बताइएको छ । राणामाथिको महाअभियोगको प्रस्ताव संसद्को कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारीले राणालाई प्रधान न्यायाधीशकै हैसियतमा निम्तो पठाएकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *