काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । आज पार्टी कार्यलय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव रहेका छन् ।
आज ( आइतवार) बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिष्ट गरेर पठाउन निर्देशन गरेको छ । सचिव लीलामणि पोखरेलका अनुसार प्रदेशबाट सर्ट लिष्ट भई प्राप्त भएपछि मात्र कार्यदलले फाइनल लिष्ट तयार गर्ने भएको छ । कार्यदलले आफ्नो गृहकार्य गरेर तयार गरेर ल भोली बस्ने पदाधिकारी बैठकले अनुमोदन गर्ने छ । माओवादीले समानुपातिक लिष्ट पनि भोली नै निर्वाचन आयोगमा बुझाउने जनाएको छ ।




