समाचार

पत्रकार रोकायामाथि दुर्व्यवहार

काठमाडौं । कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख खेमराज शाहीले पत्रकारलाई दुर्व्यवहार गरेका छन् । जिल्ला कृषि विकास कार्यालय भएकाे माटाे परीक्षणकाे समाचार स‌ंकलनका लागि पुगेका न्युज कारखानाका मुगु संवाददाता खड्ग सुनार र हिमालय टेलिभिजन तथा सौर्य दैनिक पत्रिकाका मुगु संवाददाता नन्दबहादुर रोकायालाई कार्यालय प्रमुख शाहीले पत्रकार रोकायामाथि दुर्व्यवहार गरेका हुन् । 

आइतबार बिहान ११ : ४५ बजे माटो परीक्षणकाे रिपोर्टिङमा पुगेका उनीहरुलाई प्रयाेगशालाकाे  भिडियाे र तस्बिर लिएपछि यसबारे थप जानकारी लिन दिउँसाे अन्तर्वार्ताका लागि आउन भन्दै पठाएका शाहीले पछि आउँदा आफू दुर्व्यवहार गरेका पत्रकार सुनारले जानकारी दिए । 

माटाे प्रयाेगशाला प्रयाेगविहीन रहेकाेबारे प्रश्न गर्दा शाहीले पत्रकारलाई दुर्व्यवहार गर्दै माइककाे बुम पनि फालिदिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *