कला/साहित्य

नारायण गौतम(पापा बा)का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ प्रकाशित

‘सक्नेछन् रचना बिलाउन त्यसै बाटो नपाएपछि
केको हुर्कन सक्छ स्वच्छ बिरुवा माटो नपाए पछि’


स्व कवि नारायण गौतम(पापा बा)का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ बजारमा आएको छ । प्रस्तुत कविता सङ्ग्रहमा रहेका ७९ कवितामा स्पष्ट भाव, सकारात्मक सन्देश, समाजका विकृतिमाथि प्रहार, राष्ट्र प्रेम, प्रकृतिमाथिको सुन्दर प्रस्तुती, मानवीय संवेदना र वात्सल्य प्रेम झल्किएको छ ।

उल्लेखित कवितामध्ये दशवटा मन्दाक्रान्ता, छ वटा वसन्ततिलका, पाँचवटा अनुष्टुप, छ वटा उपजाति र एउटा इन्द्रबज्रा छन्दका रहेका छन् । यसैगरी दुईवटा गीत पनि समावेश गरिएका छन् ।

सरकारी सेवा, प्राध्यान र सामाजिक सेवामा जीवन बिताउनुभएका  श्रीमहालक्ष्मी नगरपालिकाको लामाटार निवासी उहाँका कविता विभिन्न साहित्यिक पत्रिकामा छापिएका छन् । कवि गौतमको  निधन विसं २०५७ साउन २१ गते भएको थियो । श्रीमती भगवती गौतमले प्रकाशित गर्नुभएको उक्त कविता सङ्ग्रह १०२ पृष्ठको छ। 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *