समाचार

चुनाव आउन दुई महिना हुदा सुदूरपश्चिम प्रदेश सरकारले २ राज्यमन्त्री थप्यो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले २ जना राज्यमन्त्री थपेको छ ।

शुक्रबार प्रदेश सरकारले २ प्रदेश सांसदलाई मन्त्रीलाई सपथ ग्रहण गराएको हो । चुनाव आउन दुई महिना बाँकी रहँदा शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारले २ जना राज्यमन्त्री थपेको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरेका हुन् ।

दुबै नेकपा एकीकृत समाजवादीका सांसद् हुन् । बुढाथोकी कैलाली ५ (क) र सोडारी अछामबाट प्रदेशसभा सदस्य हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *