काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । बाबर आजमको नेतृत्वमा घोषणा गरिएको टिममा हालै सम्पन्न एसिया कपमा खराब प्रदर्शन गरेका फखर जमानलाई पनि टोलीबाट बाहिर गरिएको छ ।
उनी रिजर्भका रुपमा अस्ट्रेलिया जानेछन् । योसँगै फास्ट बलर शाहिन शाह अफ्रिदी पनि टोलीमा फर्किएका छन् । चोटका कारण उनले एसिया कप खेलेका थिएनन् ।
टी-२० विश्वकपका लागि पाकिस्तानी टोलीः बाबर आजम (कप्तान), शादाब खान (उपकप्तान), आसिफ अली, हैदर अली, हरिस रउफ, इफ्तिखार अहमद, खुशदिल शाह, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वसीम जुनियर, नसीम शाह, शाहीन अफ्रिदी, शान मसूद, उस्मान कादिर।
रिजर्भ: फखर जमान, मोहम्मद हरिस, शाहनवाज दहनी ।
टी–२० विश्वकपका लागि पाकिस्तानको टोलीमा समावेश भएका अधिकांश खेलाडी एसिया कपमा रहेका छन् । यसबाहेक ब्याट्सम्यान हैदर अली र शान मसूद पनि फर्किएका छन् । पाकिस्तानी चयनकर्ताहरूले फेरि एक पटक मध्यक्रममा इफ्तिखार अहमद र खुशदिल शाहमा विश्वास व्यक्त गरेका छन् । एसिया कपमा यी दुवै खराब लयमा थिए ।
पाकिस्तानले टी–२० विश्वकपमा आफ्नो पहिलो खेल अक्टोबर २३ मा भारतसँग खेल्ने छ । यो खेल मेलबर्नमा हुनेछ । यसअघि टोलीले इङ्ल्यान्डसँग सात खेलको टी–२० सिरिज खेल्नेछ । न्युजिल्यान्डमा त्रिकोणात्मक सिरिज पनि खेल्नेछ ।
भारत–पाकिस्तान टी–२० विश्वकपको खेलका सबै टिकट केही मिनेटमै बिकिसकेका छन् ।




