काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत इटालियन क्लब एएस रोमाले फिनल्याण्डको क्लब एचजेके विरुद्ध सहज जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा रोमाले एचजेकेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
रोमाको जितमा पाउलो डिबाला, लोरेन्जो पेलेग्रिनी र आन्द्रे बेलोट्टीले एक एक गोल गरेका थिए ।
यस खेलमा खेलको १५औं मिनेटमा मिरो टेन्होले रातो कार्ड पाएपछि एचजेके १० खेलाडीमा सिमित रहेको थियो ।
युरोपा लिगको समुह सी मा रहेको रोमाको यो दोस्रो खेलमा पहिलो जित हो । यस अघि रोमा लुडोगोरेट्ससँग पराजति भएको थियो ।
रोमाको २ खेलमा ३ अंक भएको छ भने एचजेकेको यो लगतार दोस्रो हार हो ।




