खेलकुद

च्याम्पियन्स लिगमा युभेन्टसको लगातार दोस्रो हार

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसले लगातार दोस्रो हार बेहोरेको छ ।

गएराती युभेन्टस बेनफिकासँग २-१ गोल अन्तरले पराजित भएको छ ।

यस सिजनको च्याम्पियन्स लिगमा युभेनता को यो लगातार दोस्रो हार हो ।

बेनफिकाको जितमा जोआओ मारिओ र डेभिड नेरेजले एक एक गोल गरेका थिए । त्यस्तै युभेन्टसका लागि अर्काडिउस्ज मिलिकले एक गोल गरेका थिए ।

यो जितपछि बेनफिकाको २ खेलमा दुवै जितपछि ६ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा छ । त्यस्तै युभेन्टसको भने दुवै खेलमा हार बेहोरेर अंक विहिन रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *