खेलकुद

उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनलमा नेपाल र भारत भिड्दै छन् ।

फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ । भारतविरुद्ध मैदान उत्रदा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । नेपाल अपराजित रहदै उपाधि उचाल्न चाहन्छ ।

तर, नेपाली टोलीलाई उपाधि उचाल्न सहज हुने छैन । साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *