देश

खेलपत्रकार सम्मानित

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २७औँ स्थापना दिवसमा एनएसजेएफ पत्रकारिता अवार्डबाट जयदेव गौतम सम्मानित भएका छन् ।

मञ्चले हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा एकरएक जना अग्रज र अनुज पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरूप सुमन बम्जन युवा पत्रकारिता पुरस्कारबाट खेल पत्रकार गीता राई सम्मानित भए  । 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रममा पत्रकारद्वयलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्मान गरे  

अग्रजतर्फ सम्मानपत्रसहित जयदेवले रु २५ हजार प्राप्त गर्नुभयो भने अनुजतर्फ सम्मानित हुने खेल पत्रकार गीताले एक थान ल्यापटप पुरस्कार प्राप्त गरे ।

कार्यक्रममा राखेपका सदस्यसचिव घिसिङले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको बताउनुभयो । त्यस्तै आयोजक मञ्चका अध्यक्ष सुवेदीले मञ्चको स्थापना दिवसका अवसर सबै खेल पत्रकारलाई शुभकामना व्यक्त गरे  ।

एनएसजेएफ पत्रकारिता अवार्डबाट सम्मानित गौतमले पछिल्लो समय नेपाली खेल पत्रकारिताले फड्को मारेको बताउँदै खेलका विश्लेषणात्मक र अनुसन्धानात्मक समाचार लेखनमा अग्रसर भइरहन सबै खेल पत्रकारलाई आग्रह गरे  । 

त्यस्तै युवा पत्रकारिताबाट सम्मानित गीताले यो पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको साथै प्रोत्साहन पनि मिलेको प्रतिक्रिया  दिए । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *