कला/साहित्य

उपन्यासकार पनेरुद्वारा ‘सात जुनी’ बिक्रीबाट प्राप्त रकम समाजसेवामा लगाउने घोषणा

काठमाडौँ।उपन्यासकार मणि नेपाली पनेरुले आफ्नो पुस्तक ‘सात जुनी’ को बिक्रीबाट प्राप्त रु एक लाख समाजसेवाका लागि प्रदान गरेका छन।

लेखक पनेरुले उक्त रकम माइती नेपालीका संस्थापक एवं सिएनएन हिरो अनुराधा कोइरालामार्फत ‘सात जुनी विकास कोष’ मा हस्तान्तरण गरेका हुन । उक्त कोषमा हेमा पनेरु अध्यक्ष र कलाकार अविनाश न्यौपाने उपाध्यक्ष रहनेछन ।

हाल संयुक्त राज्य अमेरिका बस्दै आएका गोरखाको सौरपानीमा जन्मिएका पनेरुले सौरपानीलाई नै आधारविन्दु बनाई त्यहाँका समस्या समाधानमा सहयोग पुग्ने गरी कोष स्थापना गरिएको जनाए ।

गत महिना पनेरुद्वारा लिखित चार कृति उपन्यास ‘सात जुनी’, बालकविता सङ्ग्रह ‘हाम्रो झन्डा’, गीति सङ्ग्रह ‘स्वर्गको गाथा’ र कविता संग्रह ‘मुटु हराएको मान्छे’ एकसाथ लोकापर्ण गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *