समाचार

राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

वासिङटन । अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने भएको छ । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका हुन् ।

बेलाइतका राजा चाल्र्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उनले बताए । “ म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको छैन । मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन,” ओहायोको कोलम्बसमा एयर फोर्स वानमा सवार हुनुअघि उनले पत्रकारहरू माझ भनेका छन् ।

राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लण्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ । शुक्रबार राष्ट्रपतिले आफ्नी अर्धाङ्गिनी जिल बाइडेनका साथ यहाँस्थित ब्रिटिस दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *